काठमाडौँ : माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै अलगिएका छन् । निर्वाचनमा आयोगमा नेकपा एमाले ९समाजवादी० दर्ता गराउन नेपालसँग एमालेकालको स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने मात्रै रहेका थिए ।
‘कार्यदलका सदस्य रहनु भएका कुनै पनि नेताहरु नयाँ दल गठनमा जानु भएको छैन,’ सांसद दीपकप्रकाश भट्टले भने । एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन गरेको कार्यदलमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए ।








