गृहपृष्ठ खबर अष्ट्रेलियाको सिड्नीमा लकडाउनको अवधि थप

अष्ट्रेलियाको सिड्नीमा लकडाउनको अवधि थप

अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ। यहाँको न्यू साउथ वेल्स राज्य सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो।

देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस राज्यमा महमारीको प्रभाव पनि धेरै परेकाले थप सतर्कता बढाइएको छ। लकडाउनको समयावधि बढाएसँगै सिड्नी क्षेत्रमा आगामी सेप्टेम्बरको अन्त्यसम्म लकडाउन कायम रहने भएको छ।

कतिपय क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म करफ्यु पनि लागू गरिएको सरकारी अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर, अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीहरुको अनुमति र समन्वयमा हिँड्डुल गर्न पाइने व्यवस्था गरिएको छ।

सम्बन्धित् समाचार