गृहपृष्ठ खबर अष्ट्रेलियामा लकडाउन विरुद्ध प्रदर्शन : दुईसय बढी प्रदर्शनकारी पक्राउ

अष्ट्रेलियामा लकडाउन विरुद्ध प्रदर्शन : दुईसय बढी प्रदर्शनकारी पक्राउ

अष्ट्रेलियामा लकडाउनको निर्णयविरुद्धमा हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनमा उत्रिएकामध्ये कम्तिमा २१८ प्रदर्शनकारीलाई प्रहरीले सिड्नीबाट पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रदर्शनकारीले लकडाउनको नियम उलङ्घन गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रदर्शनमा रोक लगाएको थियो। प्रहरीको आदेश अस्वीकार गर्नेलाई प्रहरीले गिरफ्तार गरेको हो। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीचमा झडपसमेत भएको बताइएको छ। झडपमा कम्तीमा सात अधिकारी घाइते भएका प्रहरी कार्यालयलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

दैनिक सङ्क्रमितको सङ्ख्या बढेसँगै यहाँको न्यू साउथ वेल्स राज्य सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बरसम्म लकडाउन लागु गर्ने निर्णय गरेको थियो। महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठहर गर्दै अधिकारीले लकडाउनको म्याद थप गर्ने निर्णय गरेका हुन्।

सम्बन्धित् समाचार