गृहपृष्ठ खबर कपिलवस्तुको विजयनगरमा एमाले प्रवेश गर्ने क्रम बढ्दो : थप १ सय ४५ जना प्रवेश

कपिलवस्तुको विजयनगरमा एमाले प्रवेश गर्ने क्रम बढ्दो : थप १ सय ४५ जना प्रवेश

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा १ सय ४५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिवार गाउँपालिकाको वडा नं. ५ मा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका हुन् । वडा कमिटीका अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षतामा १ सय ४५ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले टीका लगााई पार्टी सदस्यता दिँर्दै सम्मानपूर्वक एमालेमा प्रवेश गराउनुभएको वडा कमिटीले जनाएको छ । विभिन्न पार्टी परित्याग गरी कार्यकर्ता समर्थकहरुले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा समसामयिक विषयमा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई प्रष्ट पार्दै नेकपा एमाले देश विकासको समृद्धिको बलियो पार्टी भएकोले एमालेमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विजयनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान , वडा न।ं ७ का वडा अध्यक्ष दिनेश चौधरी, लगायत नेता, कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार