बुटवल : लुम्बिनी प्रदेशमा सांसद कारबाहीको विषयलाई लिएर प्रदेशसभा सचिवालय र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच द्वन्द्व बढेको छ । सांसद अजय शाही र विमला वली खत्रीलाई एमालेले कारबाही गरेको थियो । प्रदेशसभा सचिवालयले ती सांसदलाई पदमुक्त गर्न नमिल्ने जवाफ एमालेले दिएको छ ।
एमाले संसदीय दलले आइतबार पत्रकार सम्मेलन गरी सभामुखले संसदको मर्यादा हनन् गरेको भन्दै पदमा बस्ने नैतिकता नभएको जनाएको छ । दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुख पूर्णबहादुर घर्ती दलको कार्यकर्ता भएर आफै न्यायाधीश बनेको बताए ।
एमालेले दुई सांसदलाई पदमुक्त भएको सूचना जारी नहुँदासम्म संसद बैठक अवरुद्ध गरिरहने जनाएको छ । सभामुखले यसअघि माओवादी केन्द्र र जसपाका सांसदलाई पत्र आएको २४ घण्टा नबित्नै पदमुक्त गरेको स्मरण गर्दै एमालेले आफ्नै नजिरलाई समेत सभामुख बिर्सेको जनाएको छ । एमालेले संसद अवरुद्ध गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।