काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भेटवार्ता गरेका छन् । सोमबार अपरान्ह प्रचण्ड निवास खुमलटारमा भेट भएको हो।
भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन्। दुई नेताबीच सत्ता गठबन्धन र पछिल्लो राजनीतिक घटनाबारे छलफल भएको बुझिएको छ।
भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली, लोकतान्त्रिक जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरेका थिए।
चौथाइवाले आइतबार अपरान्ह काठमाडौं आएका हुन्। देउवा प्रधानमन्त्री बनेपछि माथिल्लोस्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन्।








