गृहपृष्ठ खबर नेपाली क्रिकेट टोली ओमन प्रस्थान

नेपाली क्रिकेट टोली ओमन प्रस्थान

काठमाडौं : विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज र पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमन प्रस्थान गरेको छ। नेपाली टोलीलाई आज नेपाल क्रिकेट संघ क्यानले भर्चुअल कार्यक्रम गर्दै विदाइ गरेको थियो।

सिरिजका लागि १७ सदस्यीय नेपाली टोलीमा नयाँ अनुहारका रुपमा गुलसन झा टिममा परेका छन्। त्रिदेशीय सिरिज अघि नेपाललाई पपुवा न्युगिनीसँग ५ सेप्टेम्बर र ८ सेप्टेम्बरमा दुई खेल हुनेछ।

विश्वकप लिग टू अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमन र अमेरिकासँग खेलेको थियो। जसमा नेपालले अमेरिकालाई दुबै खेलमा हराएको थियो भने ओमनसँग दुबै खेलमा पराजित भएको थियो।

ओमन जानुअघि टीयु क्रिकेट मैदानमा प्रशिक्षक डेभ ह्वाटमोर र कप्तान ज्ञानेन्द्र मल्लले वर्षाले अभ्यास प्रभावित पारेको भए पनि राम्रै तयारी भएको बताएका थिए।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनास बोहोरा, रोहित पौडेल, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब

 

सम्बन्धित् समाचार