गृहपृष्ठ खबर १० बुँदेमा माधव नेपालले केही शब्द फेर्न लगाएका थिए- योगेश भट्टराई

१० बुँदेमा माधव नेपालले केही शब्द फेर्न लगाएका थिए- योगेश भट्टराई

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले १० बुँदे सहमति माधव कुमार नेपालाई छलेर नल्याइएको बताएका छन्। आज आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिसकेपछि भट्टराईले १० बुँदेका बारेमा ‘तेस्रो धार’ भनिएका १० जना नेताको कुरा राख्नुपर्ने भन्दै नेपाललाई १० बुँदे सहमतिका बारेमा थाहा भएको बताएका हुन्।

उनले बैशाख २७ गते माधव नेपालले नै ६ बुँदे प्रस्ताव गरेको भन्दै त्यसैको आधारमा कार्यदल बनेको र त्यसले १० बुँदे सहमति तयार गरेको बताए।

धेरैलाई १० बुँदेमा माधव नेपालको सहमति नभएको भनेर टिकाटिप्पणी सुनिएको भन्दै भट्टराईले माधव नेपालले १० बुँदेमा केही शब्द परिवर्तन गर्न लगाउर सहमति बनेको समेत बताए।

सम्बन्धित् समाचार