गृहपृष्ठ अर्थ/वाणिज्य विश्व बैंकले पनि फगानिस्तानलाई दिँदै आएको सहयोग रोक्यो

विश्व बैंकले पनि फगानिस्तानलाई दिँदै आएको सहयोग रोक्यो

प्रकाशित मिति:

विश्व बैंकले अफगानिस्तानमा संचालित परियोजनाहरु संचालनका लागि दिँदै आएको सबै सहयोग रोकेको छ। तालिवानले नियन्त्रणमा लिएपछि अफगानिस्तानमा विश्व बैंकको सहयोगमा संचालित सबै परियोजनाहरुको भुक्तानी रोक्ने निर्णय गरिएको हो।

तालिवानको अफगानिस्तानको विकास तथा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा चिन्ता रहिरहेको अवस्थामा विश्व बैंकको यो निर्णयले थप चासो थपिदिएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अफगानिस्तानका लागि सबै भुक्तानी रोकेको भोलिपल्टै विश्व बैंकको पनि यो निर्णय आएको हो।

अमेरिकाले पनि अफगानिस्तानको केन्द्रीय बैंकको अमेरिकामा रहेको सबै सम्पत्ति फ्रिज गरिसकेको छ। अमेरिकामा अफगानिस्तानको केन्द्रीय बैंकको झण्डै ९ अर्ब डलर रिजर्भ रहेको अनुमान गरिएको छ।

विश्व बैंकले सन् २००२ देखि नै अफगानिस्तानको पुनर्संरचना तथा विकास परियोजनाहरुका लागि झण्डै साढे ५ अर्ब डलरबराबरको सहयोगमा प्रतिबद्धता जनाउँदै परियोजनाहरु संचालन गरिरहेको थियो।

अफगानिस्तानमा तालिवानी सरकार आएलगत्तै विश्व बैंकले सबै किसिमको रकम रोकेको हो। आइएमएफले पनि अफगानिस्तानले विश्व दातृ समुदायबाट अब कुनै पनि किसिमको स्रोतसम्म पहुँच पाउने छैन भनिसकेको छ।

सम्बन्धित् समाचार