गृहपृष्ठ खबर तोकिएकै मितिमा महाधिवेशन हुने पक्का- प्रदीप पौडेल

तोकिएकै मितिमा महाधिवेशन हुने पक्का- प्रदीप पौडेल

प्रकाशित मिति:

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तोकिएकै मितिमा महाधिवेशन हुने बताएका छन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको भेटपछि तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने अवस्था आएको उनले बताएका हुन्।

शुक्रबार पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता भएको थियो।

४७ जिल्लाका क्रियाशील सदस्यहरुको सूची तयार भएर खामबन्दी भइसकेको र निर्वाचन प्रतिनिधिहरु पनि खटिइसकेकाले महाधिवेशन समयमै हुने उनले बताए।

सम्बन्धित् समाचार