गृहपृष्ठ कृषि सधैं डुबानकै मारमा परेपछि भात खाने सपना अधुरै

सधैं डुबानकै मारमा परेपछि भात खाने सपना अधुरै

प्रकाशित मिति:

परासी : सरावल गाउँपालिका–७ भटौलियाकी नीलमदेवी चमारको ३ कठ्ठा खेतको धान कामै नलाग्ने गरी गलेपछि अहिले उनी चिन्तामा छन्। उनको गोड्ने बेला भएको धान वर्षाको पानीले डुबाएको छ। आफैं नै खेतको धान भित्राएर परिवारलाई भात ख्वाउने सपना पानीसँगै डुबेको भन्दै नीलमले चिन्ता जनाइन्।

अब मजदुरी गरेर बजारको चामल खरिद गरेर भात खानुको विकल्प नभएको उनले बताइन्। ‘जग्गाको नाममा यत्ति हो। गत वर्ष पनि एक गेडो धान घर भित्र्याउन पाइएन यो साल पनि यस्तै भयो।’ डुबेको धान देखाउँदै निलमले भनिन्।

वडा नं। ६ मधौलिया गाउँका इब्राहिम धुनियाले २ बिघामा लगाएको उखुको बीउ र ८ बिघामा लगाएको धान बाढीले डुबाएको छ। ‘खेतमा लगाएका बाली सबै बाढीले डुबायो। खेती लगाउँदा लागेको ऋण कसरी तिर्ने होला। ऋणमाथि ऋण थपियो। त्यही चिन्ताले पिरलेको छ।’ धुनियाले दुःखेसो पोखे।

नीलम र इब्राहिमको मात्र समस्या होइन यो। पश्चिम नवलपरासीका ३ गाउँपालिकाका स्थानीयले हरेक वर्ष वर्षायाममा यस्तै समस्या भोग्दै आएका छन्। बाढीले कहिले रोपेर छोडेको २÷४ दिनको धान बगाउँछ भने। कहिले गोड्ने बेलाको धान डुबाएर गलाउने गरेको छ।

हरेक वर्ष बाढीका कारण डुबानमा पर्ने भए पनि त्यस क्षेत्रमा अरु खेती नहुने भएकाले किसानहरूले धान नै लगाउने गरेका हुन्। ‘ बाढी आउँदैन की भनेर हरेक वर्ष धान लगाउँछौं तर सधैं डुबानमा पर्ने गर्छ। रामपुरखडौनाका अब्दुल हकिमले दुःखेसो पोखे।

 

सम्बन्धित् समाचार