काठमाडौं : कर्णाली प्रदेशको दैलेखमा एक १९ वर्षीया युवती कांग्रेसको वडा सभापति बनेकी छिन्। शुक्रबार भएको वडा अधिवेशनबाट स्वस्तिका महत सभापति बनेकी हुन्।
दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर ३ मा भएको अधिवेशनबाट महत सभापति बनेकी हुन्। ुसबै अट्ने देश सबैलाई जोड्नेु कांग्रेसको नीति अन्तर्गत उनलाई सभापति बनाइएको दुल्लु नगरपालिकामा कांग्रेसबाट मेयरमा विजयी भएका घनश्याम भण्डारीले बताए।
भण्डारीका अनुसार महत ‘एचए’ को पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो। उनी दैलेखका कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन्।








