गृहपृष्ठ खबर एमाले सत्ता बाहिर रहेपनि जनताको मन जित्न सफल- नेतृ घिमिरे

एमाले सत्ता बाहिर रहेपनि जनताको मन जित्न सफल- नेतृ घिमिरे

कपिलवस्तु : राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले महिलालाई विभिन्न अवसर प्रदान गरि नेतृत्वमा पुर्याउने पार्टी नेकपा एमाले भएको बताउनु भएको छ । अनेमसंघको १० औं जिल्ला सम्मेलन आयोजक समितिको दोस्रो वैठक तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार गोरुसिंगेमा सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज समेत रहनु भएकी नेता घिमिरेले यस्तो बताउनु भएको हो ।

पार्टीमा अब गुट र उपगुट भन्ने गन्ध नहुने समेत उहाँले बताउनु भयो । नेता घिमिरेले कार्यक्रममा बोल्दै मुलुकको राष्ट्रपति विद्यादेवी भण्डारी अनेमसंघबाटै पार्टीले दिएको अवसरबाट गरिमामय पदमा पुग्न सफल भएको स्मरण गर्दै दलित,जनजाती, अपांग राज्यको मुल प्रवाहमा आउन नसक्ने समुदायलाई समेत विभिन्न अवसर दिई राज्यको मुल प्रवाहमा ल्याउने काम एमालेले गरेको जिकिर गर्नु भयो ।

बर्तमान अवस्थामा एमाले सत्ता बाहिर रहेपनि जनताको मन जित्न सफल भएको जनाउनु भयो ।

सम्बन्धित् समाचार