गृहपृष्ठ खबर तालिबानमाथि गर्भवती एक महिला प्रहरीकोे हत्या गरेको आरोप

तालिबानमाथि गर्भवती एक महिला प्रहरीकोे हत्या गरेको आरोप

काठमाण्डौ : अफगानिस्तानमा तालिबानमाथि एक महिला प्रहरीकोे हत्या गरेको आरोप लागेको छ । आठ महिनाकी गर्भवती एक महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको बीबीसीले जनाएको छ ।

ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालिबानले नै हत्या गरेको दाबी गरेका छन् । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षतविक्षत पारिएको जनाइएको छ । स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन ।

अफगानिस्तानमा पछिल्लो समय अधिकार माग गर्दै महिलाहरुले गरेको प्रदर्शनमा उनी संलग्न भएको आशङ्कामा मारिएको हुन सक्ने जनाइएको छ । तालिबानले घटनाबारे अनुसन्धान गर्ने बताएको छ ।

सम्बन्धित् समाचार