काठमाडौं : नेकपा एमाले भदौ २३ गते बोलाइएको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखबारे एमालेले गम्भर प्रश्न उठाउने बताएका हुन्।
राष्ट्रिय युवा संघले राजधानीको राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा उनले सभामुखलाई आफूले प्रश्न सोध्न बताए। भने,’जाली फटाहरुले खाने समय गए। अब जाली फटाह धेरै दिन टिक्दैन। हामीले सभामुखलाई सोध्नै पर्ने हुन्छ। सभामुख हो की, कुनै पार्टीको कार्यकर्ता होरु गठबन्धनको मतियार हो की यो सोध्नै पर्ने हुन्छ। सापकोटा सभामुख होकी गठबन्धनको प्यादा होर?’
सापकोटा एमाले फुटाउने षडयन्त्रमा सामले भएको भन्दै ओलीले आक्रोश व्यक्त गरेका छन्। उनले सभामुखले निष्पक्ष भुमिका निभाउन नसकेकाले एमाले उनीविरुद्ध आक्रामक हुने बताए।








