कपिलवस्तु : शिवराज नगरपालिका कार्यपालिका सदस्य निर्मला सुनारले हिजो माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी रोजेर निर्वाचन कार्यालय तौलिहवामा शनाखत गरेकि थिईन् । शनाखत गरेको २४ घण्टा नपुग्दै सुनारले पुनः आज एमालेमै रहेको विज्ञप्ती प्रकाशित भएको छ ।
पछिल्लो समय एमालेमा फुट भएसँगै नेता कार्यक्रर्ता तान्ने होडबाजी चलिरहेकै बेला सुनार पनि यसको फन्दामा मात्र परेको बताईन्छ । २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा वडा सदस्य पदमा हारेकी शिवराज नगरपालिकाको कार्यपालिकामा मनोनित सुनारले २४ घण्टा नवित्दै कुरा परिवर्तन गर्दा उनको नैतिकता मात्र होईन विश्वसनियतामै प्रश्न उठेको अधिकारीहरु बताउँछन् ।
मङगलबार निर्वाचन कार्यालय पुगी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेर आएपछी विभिन्न मिडियामा समाचार आएसंगै उनका घरमा एमाले नेताहरु साँझ अवेरसम्म र विहानपनी पुगेर विभिन्न दवाव र प्रभावमा पारेको स्थानिय एक स्रोतले बताएको छ । मङगलबार पत्रकारसंग कुरा गर्दै एकीकृत समाजवादीमा सनाखत गरेको बताउदै उनले आफ्नो राजनितिक अभिभावक महोमद अब्दुल रउफ रहेको र उहां एकीकृत समाजवादीमा नै रहेकोले आफु उहांकै लाइनमा रहेको बताएकी थिईन् ।
यता बुधबार आज एकाएक विज्ञप्ती निकाल्दै आफु नेकपा एमालेमा नै रहेको जनाएकी छिन । केही व्याक्तीको परिवन्धनमा परि निर्वाचन आयोग पुर्याइएको दावि गरेकी छिन् । यता निवाचन कार्यालय कपिलवस्तुले भने सुनार एकीकृत समाजवादीमै रहेको पुष्टी गरेको छ ।