काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा टेबुल गरेको छ।
बुधबार प्रतिनिधिसभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजीबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधिसभासमक्ष टेबुल गरेका हुन्।
प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।








