काठमाडौं : नेकपा ९एमाले० स्थायी कमिटीको बैठक आज बस्ने भएको छ। बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा अपरान्ह ४ बजेको लागि बोलाइएको छ।
बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी) र चालू संसद्मा पार्टीको भूमिकाबारे छलफल हुने बताइएको छ।
यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ।








