गृहपृष्ठ खबर कांग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा

कांग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा

प्रकाशित मिति:

काठमाडौं : नेपाली काँग्रेसको क्रियाशील विवादले चरम रुप लिएपछि निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन्। संस्थापन पक्षले एकतर्फी रुपमा अघि बढ्न खोजेपछि यादवले राजीनामा दिएको बताइएको छ।

उनको राजीनामासँगै नेता तथा कार्यकर्तामा अब बाँकी जिल्लाको क्रियाशील सूची सार्वजनिक काम के होलारु भन्ने अन्योलता बढेको छ। बाँकी जिल्लाको क्रियाशील सूची विद्यामान निर्वाचन समितिले नै तयार गर्ने यादवको भनाई छ। निर्वाचन समितिमा चार चना अन्य सदस्य र दुई सचिव रहेका छन्।

कांग्रेसमा क्रियाशील विवादका कारण अझै २० जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन सकेको छैन। सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा एकपक्षीय रुपमा वडा अधिवेशन शुरु भइसकेको छ। डडेल्धुराका जिल्ला सभापति कर्ण मल्ल पक्षले अधिवेशन वहिस्कार गरेको छ।

विमतिलाई सम्बोधन गर्न यसअघि उपसभापति विमलेन्द्र निधिले देउवालाई आग्रह गरेका थिए। यसका लागि केन्द्रीय समिति तत्काल डाक्नसमेत निधिले देउवालाई आग्रह गरेका थिए। यद्यपि देउवाले एकपक्षीय ढंगले सत्ताको शक्ति प्रयोग गरेर अधिवेशन गरेकोले आफूहरु सहभागी नभएको डडेल्धुराका सभापति मल्लले बताए।

यता निर्वाचन समितिमा संयोजक यादवको राजीनामा फिर्ताका लागि शीर्ष नेताहरु लागि परेका छन्।

सम्बन्धित् समाचार