गृहपृष्ठ खबर लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको अवरोध

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको अवरोध

बुटवल : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने रणनीति बनाएको छ । प्रदेशसभाको बैठक भदौ ३० गतेका लागि आह्वान गरिएको छ ।

एमालेले भदौ ३० गते आह्वान गरेको संसद बैठक पनि अवरुद्ध गर्ने रणनीति बनाएको छ । यसअघि पनि एमालेले लुम्बिनी प्रदेशसभा बैठक लगातार अवरुद्ध गरेको थियो । लगातारको अवरोधपछि भदौ १७ गते प्राविधिक कारण देखाउँदै प्रदेशसभा बैठक ३० गते सम्मका लागि स्थगित गरीएको थियो ।

एमालेले ३० गते पनि बैठक चल्न नदिने प्रस्ट पारेको छ । सांसदद्वय अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान यथावत् रहेको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

एमाले सांसदलाई जबरजस्ती नेकपा माओवादी केन्द्रमा सामेल गरिएको भन्दै यस्तो अवस्थामा संसद चल्न नसक्ने एमालेको भनाई छ ।

सम्बन्धित् समाचार