गृहपृष्ठ खबर सभामुख र अर्थमन्त्री मर्यादा बाहिर गएर जंगली पारा देखाए– गंगा चौधरी

सभामुख र अर्थमन्त्री मर्यादा बाहिर गएर जंगली पारा देखाए– गंगा चौधरी

काठमाडौं : नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको यो भूमिका मर्यादा बाहिर भएको बताउनुभएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट सभामुखले देशलाई बन्दी बनाउने रणनीति लिएको बताउँदै संसदीय मर्यादाको धज्जी उडेको बताउनुभयो ।

उहाँले सभामुखले गुरिल्ला पारा देखाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘संसद भित्रको प्रमुख प्रतिपक्षले समग्र सांसदहरुले आवाज उठाउँदा देशको महत्वपूर्ण विषयहरुमा पनि कम्तिमा कार्यव्यवस्था परामर्श समितिको पनि छलफल नगरी, बैठक नगरी, परामर्श नगरी, प्रमुख प्रतिपक्ष साथ नलिकन संसद यो तरिकाले चलाउनुको शैली के हो भने १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिको साथ सभामुखले जुन काम गर्नुभएको छ, यो संसदीय मर्यादाको धज्जी उडाउनुभएको छ ।’

रोस्टममा जान खोजेको पत्रकारको प्रश्नमा सांसद चौधरीले अर्थमन्त्रीलाई बजेट पेश गर्नबाट रोक्नका लागि रोस्टममा जाने ध्येय रहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दललाई साथमा राखेर अघि बढ्नुको सट्टा अर्थमन्त्री शर्माले चोरबाटो र जंगली पाराले लुकेर प्रतिस्थापन विधेयक पेश गरेको आरोप लगाउनुभयो ।

सम्बन्धित् समाचार