गृहपृष्ठ खबर सरकारले आफूहरूमाथि बलमिच्याइँ गरेको एमालेको निष्कर्ष

सरकारले आफूहरूमाथि बलमिच्याइँ गरेको एमालेको निष्कर्ष

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले सरकारले आफूहरूकमाथि बलमिच्याइँ गरेको निष्कर्ष निकालेको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले एमालेको विरोधका बावजुद प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनिय भएको र नेकपा ९एमाले०लाई बलमिच्याइँ गरेको निष्कर्ष निकाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँले आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौती गरेर हचुवाको भरमा कार्यक्रम थपेको पनि आरोप लगाउनुभयो । ‘एमाले सरकारले ल्याएको लोकप्रिय बजेट कटौती गरेको छ,’ उहाँले भन्नुभयो, ‘हचुवाको भरमा कार्यक्रम थप गरिएको छ, सरसल्लाह पनि भएको छैन ।’

सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा ९एमाले० पार्टी विभाजनको लागि खेल्नुभएको भूमिका र निष्पक्षतामाथि टिप्पणी रहेको बताउनुभयो । उहाँले सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाउनुभयो ।

अहिले सडकमा विभिन्न विषयवस्तुमा भइरहेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले अनावश्यक धरपकड गरी, जनतालाई दुःख दिएकोमा स्थिति उत्तेजित नबनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको सचिव भट्टराईले बताउनुभयो ।

 

सम्बन्धित् समाचार