काठमाडौँ : नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता नेपालको राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेको बताएका छन् ।
सोमबार एमसीसीको विरोधमा काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै उनले नेपालको संसदबाट एमसीसी पास गर्न नहुने र त्यस्तो गर्न नदिने बताए ।
उनले अमेरिकाले आफ्नो राष्ट्रियताको सुरक्षाको निम्ति नेपाललाई एमसीसीमार्फत अनुदान दिन लागेको बताए । चन्दसँग हतियार छन् भनेर प्रश्न गर्ने गरिएको भन्दै उनले आफूसँग अब आधुनिक हतियारभन्दा शक्तिशाली हतियार रहेको बताए ।








