कपिलबस्तु : नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा कार्यालय सचिव बलराम अधिकारीले एमालेलाई कमजोर बनाउन षडयन्त्र रच्नेहरुनै अहिले कमजोर भएको बताउनुभएको छ । उहाले विभिन्न दलहरु एमालेलाई कमजोर बनाउन लागि परे पनि अहिले आएर उनीहरु स्वंयम कमजोर भएको औल्याउनुभयो । राष्ट्रिय युवा सघं नेपाल बाणगंगा नगरपालिका वडा नं २ वडा स्तरिय युवा भेला तथा अधिवेशनमा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।
साथै उहाले आगामी निर्वाचनमा २ तिहाई बहुमतका साथ निर्वाचन जित्ने बताउदै पार्टीको गतिविधिलाई अगाडी बढाउन होस्टेमा हैसे गर्न युवाहरुलाई आग्रह समेत गर्नुभयो । यसैगरी कार्यक्रममा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले विशिष्ट अतिथीको रुपमा बोल्दै नेकपथ एमाले सर्बहारा ,पछाडि परेको समुदाय, महिला राज्यको मुल प्रवाहमा आउन नसकेका समुदायलाई विभिन्न अवसर र हक हितको लागि काम गर्दै आएकोले जनताले एमालेलाई मन मस्तिस्कमा बसालि सकेको बताउनुभयो ।
यस्तै कार्यक्रममा एमाले नेता तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बोल्दै एमालेको बारेमा फैलाईएका भ्रमहरुलाई चिर्न युवाहरु लाग्नु पर्ने औल्याउनुभयो । उहाले देशको विकास तथा समृद्ध देश निमार्णका निम्ती पनि युवा पुस्ता लाग्न आवश्यक रहेको बताउनुभयो ।
यसैविच वडा अधिवेशनले दिलीप गाहाको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्ष विनोद विक, सचिव टेकनारायण न्यौपाने, सहसचिव मन्जु बराल, कोषाध्यक्ष प्रकास बस्नेत रहनु भएको छ भने अन्य सदस्यमा रहनु भएको छ । निर्वाचित पदाधिकारीलाई युवा संघका केन्द्रिय स्थायी कमिटी सदस्य गोपालमणी ज्ञवालीले सपथ ग्रहण गराउनुभएको छ ।








