गृहपृष्ठ खबर एकीकृत समाजवादी संसदीय दलको नेतामा महतो

एकीकृत समाजवादी संसदीय दलको नेतामा महतो

धनुषा : नेकपा (एकीकृत समाजवादी) प्रदेश २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ । सोमबार प्रदेश सांसदहरूको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो ।

उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ । संसदीय दलको विधान संघीय संसदमा पार्टीले बनाएको विधान नै प्रदेशसभामा संशोधन गरिने महतोले बताए । प्रदेश २ मा नेकपा एमालेका २१ सांसदमध्ये १३ सांसदले नेकपा एस रोजेका छन् ।

नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । महतो एकीकृत समाजवादीमा पुगेपछि एमालेले संसदीय दलको नेता चयन गरेको छैन ।

सम्बन्धित् समाचार