गृहपृष्ठ खबर युवा समाजसेवी मधुसुधन भुसाल नेपाली कांग्रेसमा प्रवेश

युवा समाजसेवी मधुसुधन भुसाल नेपाली कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

वैखरी अनलाईन : विगत २/३ वर्षदेखि निरन्तर रूपमा कपिलवस्तु जिल्ला र विशेष गरी वाणगंगा नगरपालिकामा सामजिक काममा अग्रसर भएर अगाडि बढिरहेका युवा मधु सुधन भुसाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका जिल्ला नेता तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले भूसाल टिका लगाई कांग्रेसमा प्रवेश गराउनुभएको हो ।

सामाजिक सेवालाई नै आफ्नो मूल उद्देश्य राखेका भुसाल वर्तमान राजनीतिक परिपेक्ष्यमा नेपाली कांग्रेस नै सबै भन्दा अब्बल पार्टी रहेको र जिल्लामा पनि नेपाली कांग्रेसका भातृ संगठनहरुले सामाजिक क्षेत्रमा पुराएको योगदानलाई देखेर आफू पनि कांग्रेस प्रवेश गरेको भुसालले बताए ।

कार्यक्रममा युवा नेताहरु टिआर पाण्डे, विशाल अधिकारी, सुशान्त पोखरेल, विवेक पौडेल, कांग्रेस नेतृ टोपकला वि.सी. लगायतको सहभागिता समेत रहेको थियो ।

सम्बन्धित् समाचार