गृहपृष्ठ अर्थ/वाणिज्य स्रोत नखुलेको साढे ३८ लाखसहित २ जना पक्राउ

स्रोत नखुलेको साढे ३८ लाखसहित २ जना पक्राउ

प्रकाशित मिति:

वीरगञ्ज : वीरगञ्ज माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा हानेको छ । वीरगञ्ज–६ माइस्थान चोक अगाडि कन्हैयाप्रसाद सोनारले घरमा संचालन भएको सुन पसलमा प्रहरीले छापा हानेको हो ।

अवैध वित्तीय (हुण्डी) कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली छापा हानेको हो ।

बुधबार पसलमा खानतलासी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगद बरामद गरेको छ । केन्ऽका सञ्चालक कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर–३ बस्ने दिपककुमार सर्राफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

सम्बन्धित् समाचार