गृहपृष्ठ खबर लुम्बिनी प्रदेशसभा बैठक : आज पनि एमालेको नारावाजी

लुम्बिनी प्रदेशसभा बैठक : आज पनि एमालेको नारावाजी

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेश सभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु गर्नासाथै एमालेले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरिरहेको छ । नारावाजी गर्नुअघि संसदमा बोल्दै एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने बताइन् ।

नवौं अधिवेशन सुरु भएदेखि नै एमालेले प्रदेश सभा बैठक निरन्तर अवरुद्ध गर्दै आइरहेको छ ।

सम्बन्धित् समाचार