गृहपृष्ठ खबर माधव नेपाल घर जलाएर हिँडेको तीर्थ यात्री- ओली

माधव नेपाल घर जलाएर हिँडेको तीर्थ यात्री- ओली

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र एमालेसँगै गाभिसकेको दाबी गरेका छन्। उनले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गुट मात्रै भएको समेत बताएका छन्।

‘माओवादी पनि एमालेमै मिलिसक्यो। माओवादी केन्द्र नाम पाउनु बेग्लै हुरा हो। त्यो प्रचण्ड केन्द्र मात्रै हो,’ उनले भने।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेका कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले एमाले विभाजन नभएको तर्क गरे। उनले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालल फेरि एमालेमा फर्कन आवश्यक नभएको बताए।

भने,’केही साथीहरुले आउनुस एमालेमै फर्कनुस भन्नुभएको छ। फेरी किन पार्टी फुटाउन रु हाम्रो पार्टीको सरकार ढाल्नका लागि ? ‘उनले भने।

नेकपा एमालेको सरकार हुँदा प्रतिगमन भयो भनेर प्रतिक्रियावादी शक्तिसँग नेपाल मिलेको ओलीले आरोप लगाए। अलोकतान्त्रिक विधिबाट जन्मिएका पार्टीलाई जोडेर अग्रगामी सरकार बनाउन नेपालले पार्टी छोडेको ओलीको दाबी छ।

‘यो भन्दा लज्जाजनक, प्रतिक्रियावादीको दलाली, राजनीतिमा यो भन्दा अपराध अर्को के हुन्छ ?’ उनले भने।

एमाले भित्रैबाट माधव नेपालले नेतृत्व गरेको शक्तिले एमाले विरुद्ध हमला गरेर अहिलेको अवस्था आएको उनले बताए। ‘विकासको गति हाकिरहेको सरकार माधव नेपालको नेतृत्वले हटायो,’उनले भने,’ जबसम्म हामीसँग पार्टी छ हाम्रो पार्टी मजवुत छ। अझ एकत बद्ध भएर अघि बढ्नु छ। हामी यस्ता सरकार फेरी बनाउँछौ।’

ओलीले प्रचण्डको मनोवल टुटिसकेको समेत बताएका छन्। मनोवल कमजोर भएकाले प्रचण्डले माओवादी केन्द्र विघटनको कुरा गरेको ओलीको भनाई छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि ओलीले चर्को आलोचना गरे। उनले नेपाल घरमा आगो लगाएर तीर्थ यात्रामा हिँडेको बताए।

‘माधव नेपालले झुक्याएका मानिसहरु पार्टीमा फर्कनुस। माधव नेपाल घरमा आगो लगाएर तीर्थ यात्रामा हिँडेमा मानिसलाई म केही भन्दिन,’ उनले भने।

नेपालले आफ्नो महत्वकांक्षाका कारण कार्यकर्ताको जीवन बर्बाद पारेको बताए’

सम्बन्धित् समाचार