गृहपृष्ठ खबर एक महिनाभित्रै मुख्यमन्त्री शाक्य र आचार्यलाई हटाउँछौं- रामकुमारी झाँक्री

एक महिनाभित्रै मुख्यमन्त्री शाक्य र आचार्यलाई हटाउँछौं- रामकुमारी झाँक्री

प्रकाशित मिति:

सिन्धुली : नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले वाग्मती र प्रदेश १ का मुख्यमन्त्रीलाई एक महिनाभित्र हटाउने बताएकी छन् ।

सिन्धुलीमाडीमा शनिबार आयोजित कार्यक्रममा नेता झाँक्रीले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का भीम आचार्यलाई इंगित गर्दै उक्त धारणा राखेकी हुन् । उनले राजनीतिक जीवनलाई दाउमा राखेर एक महिने सरकार चलाउन गएकाहरु पछुताउने दाबी पनि गरिन् ।

सांसद झाँक्रीले एक महिना काट्ने सुविधा नभएका प्रदेश मुख्यमन्त्रीहरुको ७ दिने मन्त्री खान जानु जग हँसाउने काम भएको टिप्पणी गरिन् ।

पार्टी गठनको अन्तिम समयमा पिठ्यूँ फर्काएर हिँडेका १० जना नेतालाघ नेतृ झाँक्रीले अब नेकपा ९एस०मा नभित्र्याउने बताइन् । उनीहरुले एकीकृत समाजवादीमा आबद्ध हुन ढिलो गरे ढोका बन्द हुने झाँक्रीको भनाइ थियो ।

एमाले कार्यदलमा रहेकाहरुलाई आत्मसमर्पण गरेमात्र आफ्नो पार्टी नेकपा (एस)मा भित्र्याउने झाँक्रीले खुलाइन् ।

सम्बन्धित् समाचार