गृहपृष्ठ खबर कपिलवस्तु कांग्रेस : चुनाव गराउने जिम्मा ९६ शिक्षकलाई

कपिलवस्तु कांग्रेस : चुनाव गराउने जिम्मा ९६ शिक्षकलाई

प्रकाशित मिति:

कपिलवस्तु : कांग्रेसको चौधौ महाधित्रेशन नजिकिदै जादा कपिलवस्तुमा पनि चुनावी सरगर्मी बढेको छ । गाउ देखि शहर सम्म तथा चोक चोकमा रहेका चिया पसल देखि सरकारी कार्यालय सम्म कांग्रेसकै चुनावको चर्चा चल्ने गरेको छ । क्रियाशील सदस्यको बिवाद टुंगीएसंगै कांग्रेसको कन्द्रिय कार्यालयले क्रियाशील सदस्यताको नामवली समेत पठाई सकेको छ ।

निर्वाचनकालागि केन्द्रिय प्रतिनिधि घनश्याम पन्त शनिवार नै कपिलवस्तु आई पुगेका छन । उनले निर्वाचन तोकिएकै तालिका अनुसार गराउन कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्य सहीत कार्य समिति संग भेटघाट गरी आवश्यक परामर्श गरेको बताए । भदौ ५ गतेका लागि ९६ वडाका लागि तोकिएको वडा अधिबेशन गराउन नै आफनो अहिले ध्यान केन्द्रित रहेको उनले बताए ।

उनले निर्वाचनकालागि शिक्षक संघका सदस्यहरुसग आवश्यक छलफल गरी वडा अधिबेशन गराउन ९६ वटा शिक्षकको नामावली माग गरेको उनले बताए ।

वडा निर्वाचन कै बिषयमा आईतावार कांग्रेसको तौलिहवा स्थित कार्यालयमा बैठक बसी समायोजन भएका सदस्यहरुको क्रियाशली सदस्यको लिस्ट आईतवार साझ सम्म आए भदौ ५ मै वडा अधिबेशन गर्ने निर्णय भएको पार्टी सभापति सुरेन्द्रराज आचार्यले बताए ।

सम्बन्धित् समाचार