गृहपृष्ठ खबर बुटवलका मेयर सुवेदीलाई मुक्का हान्ने एमालेकै कार्यकर्ता !

बुटवलका मेयर सुवेदीलाई मुक्का हान्ने एमालेकै कार्यकर्ता !

प्रकाशित मिति:

बुटवल : पहिरो निरीक्षणका लागि बुटवल- ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने एमाले कार्यकर्ता रहेको खुलेको छ । ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई आज बिहान मुक्का हानेका थिए।

उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन् । विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको उनको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

सम्बन्धित् समाचार