गृहपृष्ठ खबर समाजवादीको केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

समाजवादीको केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

प्रकाशित मिति:

काठमाडौं : नवगठित नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एक महिना अघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको केन्द्रीय कमिटीको पहिलो वैठक बस्न लागेको हो ।

भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र देशभर सङ्गठन विस्तारबारे छलफल हुने भएको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, आयोग गठन, विस्तार तथा सुदृढीकरणको विषयमा छलफल हुने बताइएको छ ।

बैठकले केही नेताको विभाग हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ । बैठकमा ११३ जना केन्द्रीय सदस्य सहभागी हुने छन् ।

सम्बन्धित् समाचार