गृहपृष्ठ खबर एमाले दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी बनायौँ- माधव नेपाल

एमाले दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी बनायौँ- माधव नेपाल

प्रकाशित मिति:

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बानेश्वरको बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले दक्षिणपन्थी भासमा भासिएको बताए।

‘नेकपा एमाले दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी बनायौँ। बिद्रोह गरेर जन्मिएको पार्टीले मात्र जनताको विश्वास जित्न सक्दो रहेछु नेपालले भने।

केशरजंग रायमाझिले कम्युनिस्ट आन्दोलनको बिसर्जन गरेका भन्दै उनले नेकपा एमाले अब पार्टी नभइ गुटमा क्रियाशिल भएको आरोप लगाए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक पछि अर्को गलत नजिर बसालेको समेत उनले बताए। ओलीले वार्ताको नाममा नक्कली नाटक मञ्चन गरेपछि नै आफूहरु ओलीलाई हटाउन राष्ट्रपति र अदालतमा पुगेको नेपालको तर्क थियो।

नेपालले आफ्नो दल यथास्थितिवादी पार्टी नभएको दाबी गरे। उनले नेकपा एकीकृत समाजवादीले राष्ट्र पुँजीलाई जोड दिन चाहेको र दलाल पुँजीवादको विरोध गर्दै विज्ञान प्रविधिमा जोड दिने बताए।

सम्बन्धित् समाचार