गृहपृष्ठ कृषि पाल्पाका विपन्न महिला व्यावसायिक बाख्रापालनमा आकर्षित

पाल्पाका विपन्न महिला व्यावसायिक बाख्रापालनमा आकर्षित

प्रकाशित मिति:

पाल्पा : पाल्पाको तानसेन नगरपालिकाभित्रका विपन्न महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित भएका छन् । यसका लागि नगरपालिका, हेफर परियोजना, ग्रामीण आर्थिक विकास सङ्घले कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत खोर व्यवस्थापन, प्राविधिक सहयोग र अनुदान प्रदान गरिएको छ ।

महिलालाई समूहमा आबद्ध गरी दुईदेखि पाँचसम्म बाख्रा उपहारस्वरुप वितरण गरिएको छ । तानसेन–५ अर्चलेका कविता गैरे रावलले बाख्रापालन तालिममा सहभागी भएको बताए ।

आदर्श स्वालम्बन महिला समूहमा आवद्ध महिलालाई बाख्रा प्रदान गरिएको हो । आर्थिक रुपमा कमजोर परिवारका महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम प्रभावकारी भएको बताइएको छ ।

सम्बन्धित् समाचार