गृहपृष्ठ खबर राजस्थानको पन्जावमाथि २ रनको रोमान्चक जित

राजस्थानको पन्जावमाथि २ रनको रोमान्चक जित

प्रकाशित मिति:

एजेन्सी : ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाब २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रनमै समेटियो । अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो ।

तर, राजस्थानका बलर कार्तिक त्यागीले १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब जितबाट बन्चित भयो । पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । केएल राहुलले ४९ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले याशभी जैसवालको ४९ रनको मद्दतले २० ओभरमा १ सय ८५ रन बनाएको थियो । पन्जाबका अर्शदिप सिंहले ५ विकेट झारेका थिए ।

यो जितसँगै ८ खेलबाट ८ अंक जोडेको राजस्थान अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । सातौं स्थानको पन्जाबले ९ खेलबाट ६ अंक जोडेको छ । समान १२ अंक जोडेको चेन्नाई र दिल्ली तालिकाको शिर्ष दुई स्थानमा रहेका छन् ।

सम्बन्धित् समाचार