गृहपृष्ठ खबर नेपालको राजनीतिक प्रतिवेदन- गठबन्धन चुनावसम्मै

नेपालको राजनीतिक प्रतिवेदन- गठबन्धन चुनावसम्मै

प्रकाशित मिति:

काठमाडौं : नेकपा एकीकृत समाजवादीले लोकतन्त्रको रक्षार्थ गरिएको विद्रोह जायज रहेको ठहर्‍याएको छ। पहिलो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालबाट प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपाली जनताले कठोर संघर्ष गरेर ल्याएको लोकतन्त्रको रक्षार्थ गरिएको जायज विद्रोह भएको उल्लेख छ।

‘मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका निम्ति पनि यो विद्रोह आवश्यक र उचित थियो।’ प्रतिवेदनमा भनिएको छ,‘ हामीले प्रतिनिधि सभालाई बचाएर संविधान र लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले उपयुक्त सबै काम गरेको हुँदा प्रतिनिधि सभा बचाउनका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्दथ्यो र दियौँ।’

गठबन्धन चुनावसम्मै
नेकपा एसले वाम लोकतान्त्रिक गठबन्धनलाई निर्वाचन सम्मै कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ। वाम लोकतान्त्रिक समिकरणमा सामेल राजनैतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक फरक भएता पनि यिनीहरूले लोकतन्त्रको रक्षा गर्ने र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर मोर्चाबन्दी गरी सहकार्य गरेको प्रतिवेदनमा उल्लेख छ। ‘मोर्चाबन्दी र सहकार्यलाई कम्तिमा पनि प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने र स्थानीय तहसम्म पुर्‍याउनुपर्ने आवश्यकता छ,’ प्रतिवेदनमा भनिएको छ।

सम्बन्धित् समाचार