गृहपृष्ठ खबर आलोचना बन्द गर्न सबैलाई पदक वितरण- ओली

आलोचना बन्द गर्न सबैलाई पदक वितरण- ओली

प्रकाशित मिति:

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले संविधान दिवसमा जथाभावी पदक वितरण गरेर पदककै गरिमा समाप्त पारेको आरोप लगाएका छन् । मदन भण्डारीको जीवनीमा आधारित श्वेतशार्दूल पुस्तकको मंगलबार विमोचन गर्दै ओलीले आलोचना बन्द गर्न सरकारले सबैलाई पदक वितरण गरेको दाबी गरे ।

‘निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरेको छ, कसले खारेज गर्ने रु बहस गर्ने वकिललाई पनि वितरण गरेको छ, कसले बहस गर्ने रु विरोधमा बोल्ने अखबार, टेलिभिजन इत्यादिलाई पनि वितरण गरेको छ, ती सबै चुपचाप । कतैतिरबाट आवाज नआओस्, उज्यालो नछिरोस् भनेर सबैतिर ढोका थुनेको छ,’ ओलीले भने, ‘हामीलाई कुनै टाउको दुखेको होइन, तर यति धेरै पदकहरू त कहिल्यै वितरण भएको थिएन । रत्नपार्कमा बसेर वितरण गरेजस्तो छ क्या, ह्वार–ह्वारी ।’

सम्बन्धित् समाचार