काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएका हुन्।
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको उपस्थिति थियो।
मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बुधबार नै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन्। यसैबीच आजै नवनियुक्त मन्त्री खड्काले सिंहदरबार पुगेर कार्यभार सम्हालेका छन्।








