गृहपृष्ठ खबर एमाले अब आफ्नै शक्तिमा अगाडि बढ्छ- ओली

एमाले अब आफ्नै शक्तिमा अगाडि बढ्छ- ओली

प्रकाशित मिति:

बुटवल : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको काम र प्रगति देख्न नसकेर प्रतिगामी तत्वहरुले अदालतको सहारामा सरकार ढालेको बताएका छन्।

बर्दियाको गुलरियामा आयोजित बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनादेशको सरकारलाई हटाएर परमादेशको सरकार बनेको बताउँदै सरकार बनेको लामो समयसम्म पनि पूर्णता पाउन नसकेको बताए।

सरकारले उन्नती प्रगति गरेकै हुनाले विरोधीहरु र केही पार्टी भित्रका महत्वकांक्षी व्यक्तिहरु आत्तिएर सरकार ढालेको उनको भनाइ थियो। एमालेको सरकारले गरेको कामको बारेमा बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना एमालेमा मात्र रहेको दाबी गरे।

प्रचण्डले छोडेर गएको र एमाले नै फुटेकोले पार्टी कमजोर भएको बताउने गरेको भएपनि वास्तविकता त्यस्तो नभएको उनले बताए।

उनले भने, ‘विगतमा नेकपा (एमाले) कसैको बैशाखी टेकेर अगाडि बढेन र अहिले पनि त्यस्तो अवस्था छैन। नेकपा (एमाले) अब आफ्नै शक्तिमा अगाडि बढ्छ।’

उनले आधा माओवादी केन्द्र एमालेमै रहेको दाबी समेत गरे।

अध्यक्ष ओलीले सर्वोच्च अदालतले एमालेलाई न्याय दिने हो भने माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टी नै नहुने चेतावनी दिए। उनले नेपाल समूहको पार्टी भइहाले पनि कुनै पार्टीको पालीमा गएर आश्रय मागेर ‘म त केटाकेटीसहित आएँ’ भन्नेको विकल्प नरहेको बताए।

सम्बन्धित् समाचार