काठमाडौं : राजेश पुलामीले संयमपूर्ण ब्याटिङ गरेपछि चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आइतबारको खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको छ । राजेशले ४३ रन बनाएपछि चितवनले १ सय ५२ रनको लक्ष्य अन्तिम बलमा पुरा गरेको थियो ।
३९ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । शाहव आलम १ रनमा अविजित रहे । यसअघि जिम्बावेका पूर्वकप्तान राजाले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो ।








