गृहपृष्ठ खबर कांग्रेसको शिवराज नगर सभापतिमा पोख्रेलको जित सुनिश्चित रहेको दावी

कांग्रेसको शिवराज नगर सभापतिमा पोख्रेलको जित सुनिश्चित रहेको दावी

प्रकाशित मिति:

कपिलवस्तु : नेपाली कांग्रेसको शिवराज नगर समितिको निर्वाचन असोज १३ गते हुँदै छ । अहिले कार्यवाहक सभापति मधु पोख्रेल र नेविसंघका जिल्ला सचिव राजु खराल उम्मेदवार बन्ने देखिएको छ । शिवराजको सभापतिमा दुई जना प्रतिस्पर्धामा हुने भए पनि सहमतिको लागि पोख्रेलको बहुमत पर्ने गरी ७ सदस्य कार्यदल समेत गठन भएको छ । काँग्रेसको केन्द्रीय गुट अनुसार नै तल्लो तह सम्म उम्मेदवार बन्ने गरेका छन् । पोख्रेललाई नगरसभापति बनाउनुपर्ने भन्दै प्रभावसालि नेताहरुले बहुमत पर्ने गरी ७ सदस्य कार्यदल गठन गरेका हुन ।

झन्डै ४ वर्ष कार्यवाहक सभापति बनेका पोख्रेल केन्द्रीय रामचन्द्र पौडेल प्यानलका उम्मेदवारको रूपमा चिन्न सकिन्छ ।शिवराज नगरमा उहाँ बलियो उमेरवारको रुपमा उहाँको पहिचान कायम रहेको छ । जिल्ला सभापति लगायत जिल्लाका नेताहरुको पोख्रेललाइ बलियो साथ रहेको छ । उहाँले नगरको कांग्रेश सभापित सम्हालेदेखि नै उहाँको बलियो पकट बनाउनु भएका पोख्रेलले । निर्वाचन भएको खण्डमा आफनो जितलाई कसैले रोक्ने नसक्ने दाबी गर्नु भएको छ ।

। गठित कार्यदल समेत पोख्रेलको बहुमत रहेकाल पोख्रेल पक्षमा निर्णय बन्न सक्ने देखिन्छ ।मधुसूदन पोख्रेललाई पुन एक कार्यकाल दिनुपर्ने भन्दै काँग्रेसका अधिकांस नेता तथा कार्यकर्ताको साथ रहेको छ । राजु खराललाई युवा नेता तथा कार्यकर्ताको साथ रहेको देखिन्छ । तथापि ककडाा प्रतिपर्धा हुनने खराल पक्षकाा नेताकको दावि छ ।

उहाँले आफ्नो घोषणा पत्रमा पार्टीमा चल्दै आएको गुट उपगुटको राजनीति अन्त्य गर्दै व्यवस्थित र मर्यादित संगठनको रुपमा पार्टीलाई अघि बढाउने उल्लेख गरेका छन् । आधुनिक युगमा रुपान्तरण गर्दै आफ्ना क्रियाशिल सदस्यहरुलाई प्रविधिको विकास सँग जोड्न तालिमहरुको व्यवस्था गर्ने । त्यसैगरी विपत्तीमा कांग्रेस भन्ने मुल नारालाई अभिायनका रुपमा सञ्चालन गर्ने, दैविक प्रकोपबाट पीडितहरुलाई उद्धार तथा राहत उपब्लध गराउँन पार्टीका क्रियाशिल युवाहरुलाई परिचालन गर्ने उनले आफ्नो घोषणा उल्लेख गरेका छन् । नेपाली कांग्रेस शिवसताक्षीका लागि आफ्नै भवन निर्माणका गर्न जग्गा खरिद गरी आफ्नै कार्यकालमा नयाँ भवन र सुचना मैत्री बनाउने समेत बताइएको छ ।

नेपाली कांग्रेसलाई समय सापेक्ष सुदृढीकरण गरी नगरमा आफनो नेतित्व समाल्दै शिवराज नगरमा बुढापाका र युवा पुस्तालाइहरुको समेत विश्वास जित्दै आउनु भएको छ ।

विधान सम्मत पार्टी सञ्चालन गर्ने नेतादेखि कार्यकर्ता मूल्यांकन मापदण्ड तयार गर्ने, यूवाहरुको अधिकतम सहभागितामा प्रशिक्षित कांग्रेस कार्यकर्ता तयार गरी कांग्रेस शिवसताक्षीलाई गौरव गर्न लायक बनाउने सोचं र नेता तथा कार्यकताहरुको आग्रहमा नगर सभापतिमा उम्मेद्वारी पुन एक पटक दोहोरीएको उहाँको भनाई छ ।

नगरसभापतिमा रहेर क्रियाशील सदस्यहरुलाई उचित सम्मान र पुरस्कृत गर्ने, समाजवादी सोच अनुरुपको पार्टी निर्माण गर्दै साथै गुट–उपगुट समाप्त गर्ने, अनियमितता विरुद्ध कडा हुने, नेपाली कांग्रेसको प्रजातान्त्रिक अभ्यास लोकतान्त्रिक समाजवादको सपना साकार बनाउने साथै स्थानीय तहमा पार्टी पहिलो तहको राजनीतिक दलमा स्थापित गर्ने जस्ता साझा प्रतिवद्धताहरु जाहेर गर्नु भएको छ ।

सम्बन्धित् समाचार