गृहपृष्ठ खबर सिद्धूले दिए पञ्जाब कांग्रेसको अध्यक्षबाट राजीनामा

सिद्धूले दिए पञ्जाब कांग्रेसको अध्यक्षबाट राजीनामा

काठमाडौं : भारतीय क्रिकेटरसमेत रहेका नेता नवजोत सिंह सिद्धूले पञ्जाब कांग्रेस समितिको अध्यक्षबाट राजीनामा दिएका छन् ।

एक विज्ञप्ति जारी गर्दै सिद्धूले अध्यक्षबाट राजीनामा दिए पनि आफू कांग्रेसमै रहने स्पष्ट पारेका छन् । कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उनले आफूले पञ्जाबका जनताको जीवन र विकासको सन्दर्भमा कहिल्यै सम्झौता नगर्ने उल्लेख गरेका छन् ।

पूर्व क्रिकेटरसमेत रहेका सिद्धूलाई धेरैले ‘द कपिल शर्मा शो’ मार्फत् पनि विश्वभर परिचित छन् । उनले कपिलको शो को प्रमुख अतिथिको रुपमा धेरै वर्ष काम गरेका थिए ।

सम्बन्धित् समाचार