नेपाली कांग्रेस कृष्णनगर नगर समितिको सभापतिमा देवानन्द शुक्ला विजयी हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा शुक्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।
उहाँले आफ्ना प्रतिस्पर्धी अजय उपाध्यायलाई पराजित गर्नुभएको छ । विजयी शुक्लाले ८५ मत पाउनुभएको छ भने पराजित उपाध्यायको ७५ मत छ ।
आसन्न १४ औं राष्ट्रिय महाधिवेशन अन्तरगत बुधबार कपिलवस्तुमा गाउँ र नगर अधिवेशन भएको छ ।