काठमाडौँ : कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हिमाली जिल्लामा प्रदेशसभास्तरको अधिवेशन बिहीबार सकिदैँछ । कतिपय जिल्लामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने कतिपय ठाउँमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढेको छ ।
२१ हिमाली जिल्लामा दसैं अगावै जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने निर्णयबमोजिम ती जिल्लामा मात्रै अधिवेशन भएको हो । बिहीबार बेलुकासम्म सबैजसो जिल्लाको प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । ‘
केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार मंगलबार नै ती जिल्लाको अधिवेशन भइसक्नुपर्ने हो । तर, ९ असोजको पालिका तहको अधिवेशनमै ढिला भएकाले त्यसको असर प्रदेशसभा क्षेत्रीय अधिवेशनमा परेको हो ।