गृहपृष्ठ खबर नेपाली कांग्रेस बाणगंगाको नव निर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण

नेपाली कांग्रेस बाणगंगाको नव निर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण

वैखरी अनलाइन : नेपाली कांग्रेस बाणगंगाको नव निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । आज सिद्धार्थ क्याम्पसको सभाहलमा भएको कार्यक्रमकाबिच नवनिर्वाचित कार्यसमितिलाई पदभार ग्रहण गर्नुका साथै प्रमाण पत्र बितरण गरीएको हो ।

नव निर्वाचित कार्यसमितिको सभापतिमा बिष्णु थापा, उप सभापतिमा रमेश चन्द्र भुसाल र भगवानदास चौधरी, सचिवमा सुर्य प्रसाद बराल र गोबिन्द आर्चाय, सह सचिवमा सुवास पौडेल र शान्ता पोखरेल लगायत नगर सदस्य साथै नगरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।

सो अवसरमा बोल्दै सभापति बिष्णु थापाले बाणगंगा कांग्रेसलाई पहिलो पार्टी बनाउदै सबै वडामा स्थानिय चुनाव जित्ने गरी अगाडी बढ्ने गरी आफनो कार्य समितिले काम गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित् समाचार