गृहपृष्ठ अर्थ/वाणिज्य बाणगंगाकी अनिता वि.क.को उपचार खर्चका लागी कोरियाबाट रु. ६७ हजार सहयोग

बाणगंगाकी अनिता वि.क.को उपचार खर्चका लागी कोरियाबाट रु. ६७ हजार सहयोग

प्रकाशित मिति:

कपिलवस्तु :  कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ चप्परगाउँकि अनिता विकको उपचार सहयोग स्वरुप आर्थिक सहयोग उठिरहेको छ । विकको सामाजिक सञ्जाल मार्फत अनिता बचाउ अभियान थालिएको थियोे । उनको अहिले काठमाडौंमा उपचार भईरहेको छ भने स्वास्थ्य जटिलता बढ्दै गएपछि उनी अहिले मृत्युसंग लडिरहेकी छिन् । पारिवारिक स्रोतका अनुसार हाल उनको अवस्थ केही तुलनात्मक रूपमा क्रमिक सुधार हुँदै आएको छ ।

चप्परगाउँ निवासी झविन्द्र वि. क. की श्रीमति अनिता २ महिनाको सुत्केरी अवस्थामा काठमाडौँ मेडिकल कलेजमा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठायो तर घर पठाइदिएको ७ दिनपछि पुनः फेरि उस्तै रोग बल्झिएर अहिले फेरि उनको काठमाडौँको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

आर्थिक स्रोतको अभाव सिर्जना हुदाँ उपचारमा निकै दुख खेप्नु परेकोले परिवारले बताएको छ । उनको उपचारक्रममा धेरै रकमको आवश्यक पर्ने देखिए पछि उपचारमा समस्या भएको पारिवारिक स्रोतले जनाएको छ । अनिताको स्वास्थ्य अवस्थामा सहयोग होस् भन्नका लागी अहिले हाल कोरियाबाट रोहन बरालको संयोजकत्वमा कोरियामा विभिन्न छेत्रमा कार्यरत नेपाली दाजुभाइले रकम संकलन गरि आज एक कार्यक्रमका बिच रु. ६७ हजार रकम रोहन बरालकि श्रीमति अस्मिता सुनार र आमा गगा देबि सुनारको हातबाट उपचाररत अनिता बि .क का ससुरा लोक बहादुर बि. क र आमा कमला वि. कलाई हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा दलित अधिकारकर्मी पुर्ण चन्द्र परियार, दलित अगुवा तथा नेपाल उत्पीडित जातीय मुति समाज कपिलवस्तुका अध्यक्ष टिकाराम सुनार तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । ‘अनिता बचाऊ अभियान’ अन्तर्गत अहिले देश तथा बिदेशमा विभिन्न युवा,बुद्धिजिबि विभिन्न संघसस्थाहरुले आर्थिक सकलनका लागि सामाजिक संजालमार्फमा समेत अभियान नै संचालन गरिएको छ ।

सम्बन्धित् समाचार