वीरगंज : पर्सा प्रहरीले स्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित दुई जना भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। मोटरसाइकलमा सवार उनीहरुले हेलमेटमा ५र५ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण बसतपुर निवासी २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना भेलाही निवासी २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुर निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन्।
पूर्व सूचनाको आधारमा प्रहरीले वीरगंज(२५ श्रीसियाको छोटी भन्सार नाकामा चेकिङको क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। प्रहरीले ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको मोटरसाइकल बरामद गरेको छ।
उनीहरूलाई बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।








