गृहपृष्ठ खबर स्पानिस ला लिगामा एट्लेटिकोसँग बार्सिलोना पराजित

स्पानिस ला लिगामा एट्लेटिकोसँग बार्सिलोना पराजित

काठमाडौं : स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा साविक विजेता एट्लेटिको मड्रिडले बार्सिलोनालाई २-० ले पराजित गरेको छ ।एट्लेटिकोलाई जिताउन घरेलु मैदानमा थोमसले २३औं र बार्सिलोनाकै पूर्व खेलाडी लुइस सुआरेजले ४४औं मिनेटमा गोल गरे । दुवैले एक अर्कालाई गोलका लागि सहयोग समेत गरेका थिए ।

यस जितले एट्लेटिकोले शीर्ष स्थानमा रहेको छिमेकी रियल मड्रिडसँग अंक बराबरी गरेको छ । एट्लेटिको ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको हो ।
एक खेल कम खेलेको रियल शीर्ष स्थानमा छ । बार्सिलोनाले भने ला लिगामा यस सिजन पहिलो हार बेहोरेको छ ।

७ खेल खेल्दा तीन जित र तीन बराबरी र एक हारबाट १२ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ । रियल र एट्लेटिको भन्दा बार्सिलोना ५ अंकले पछि छ ।

सम्बन्धित् समाचार