गृहपृष्ठ खबर आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा सन्दीप

आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा सन्दीप

काठमाडौं : आईसीसी प्लेअर अफ दी मन्थमा नेपालका सन्दीप लामिछाने मनोनयनमा परेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयनमा नेपालका सन्दीप लामिछाने परेका हुन् । उनीसँगै अमेरिकाका जसकरण मलहोत्र र बंगलादेशका नसुम अहमद छन् ।

सन्दीपले ओमानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ओमानमा ६ खेल खेल्दै १८ विकेट लिएका थिए ।

सम्बन्धित् समाचार